पीडाको घडीमा उत्सवभन्दा संवेदना ठूलोः बसुन्धरा भुसाल
कलाकार बसुन्धरा भुसालका लागि यस वर्षको दशैं विगतका वर्षहरूजस्तो उत्साहपूर्ण छैन । भोटेकोशी बाढीले निम्त्याएको जनधनको क्षति, आफन्त गुमाएका परिवारको पीडा र घरबारविहीन हुनुपरेका प्रभावितहरूको अवस्थाले उनलाई चाडपर्व भड्किलो ढङ्गले मनाउन उचित लागिरहेको छैन ।
‘विगतका दशैंमा अलि बढी उत्साह हुन्थ्यो, यसपालि देशमा विपत्ति आएको छ । धेरैका परिवार आफ्न्तजन परिवार बित्नुभएको छ, घर सबै मासिएको छ,’ उनी भन्छिन्, ‘त्यसकारण मैंले तीज पनि भड्किलो गरिनँ । दशैंमा पनि कुनै रमाइलो वा भड्किलो उत्सव गर्ने मन लागेको छैन ।’
उनका लागि दशैंको महत्त्व अग्रजको हातबाट टीका लगाउनु, आशीर्वाद लिनु र आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिनुमा छ । तर अहिलेको परिस्थितिमा नाचगान, नयाँ लुगा र तडकभडकलाई प्राथमिकता दिनु उपयुक्त नहुने उनको धारणा छ ।
भुसाललाई बाल्यकालको दशैं भने निकै रमाइलो लाग्थ्यो । त्यतिबेला नयाँ लुगा लगाउन, मीठो खान र दक्षिणा पाउन दशैं कुर्नुपर्थ्यो । दक्षिणामा पाइने स–साना पैसा गन्ने र चार–चार पैसाका सिक्का मालामा उन्ने सम्झना पनि उनीसँग ताजै छ ।
‘पहिला मासु खान पनि दशैं कुर्थे मान्छेहरू । अहिले त सधैँ नयाँ लुगा लगाउन र मासु खान पाइन्छ,’ उनी भन्छिन् ।
उनका अनुसार दशैंको अर्को सुन्दर पक्ष भनेको आपसी मनमुटाव बिर्सेर आफन्तकहाँ पुग्नु र टीका लगाउनु हो । जतिसुकै रिसराग भए पनि दशैंमा भेटघाट गर्ने नेपाली परम्पराको आफ्नै महिमा रहेको उनी बताउँछिन् ।
यस वर्षको दशैंमा भने उनी भोटेकोशी बाढी पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै दिवङ्गतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छिन् । दुःखमा रहेका परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने उनको कामना छ ।
काठमाडौं फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्व सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष पण्डितले सम्हाले जिम्मेवारी
काठमाडौं कात्तिक ९ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका
दशैं मनाउने इच्छा छैनः भुवन चन्द
कलाकार भुवन चन्दका लागि पनि यस वर्षको दशैं उत्सवभन्दा बढी संवेदनाको विषय बनेको छ । देशमा भएको अकल्पनीय क्षति र विपत्तिका कारण आफूलाई दशैं मनाउने










प्रतिकृया दिनुहोस