• बुधबार ७-१२-२०८३/Wednesday 10-28-2026

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

सुर्खेत, कार्तिक ५। सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या सबैभन्दा बढी दार्मा गाउँपालिकामा रहेको छ ।

दार्मामा सबैभन्दा बढी संक्रमित

कार्यालयको तथ्यांकअनुसार दार्मा गाउँपालिकामा २८१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, बागचौर नगरपालिकामा २४७, कुमाख गाउँपालिकामा ८२, कपुरकोट गाउँपालिकामा ६९, जिल्ला अस्पताल सल्यानमा ६६ र छत्रेश्वरी गाउँपालिकामा ५१ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, बन्गाड कुपिण्डे नगरपालिकामा ११, त्रिवेणी गाउँपालिकामा ६, सिद्धकुमाख गाउँपालिकामा ३ र कालिमाटी गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

संक्रमण पुष्टि भएपछि नेपालगञ्ज लगिएको थियो

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार मल्लको असोज २८ गते गरिएको परीक्षणमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो । जिल्ला अस्पतालबाट घर फर्किएका उनलाई पछि श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि घोराही हुँदै नेपालगञ्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको बस्नेतले जानकारी दिए ।

झाडी सफा राख्न र सावधानी अपनाउन आग्रह

वर्षायाममा बढी देखिने स्क्रब टाइफसको संक्रमण पछिल्लो समय घट्दै गए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । जिल्लामा संक्रमितको संख्या उल्लेख्य रहेकाले स्वास्थ्यकर्मीले सावधानी अपनाउन आग्रह गरेका छन् ।

स्क्रब टाइफस संक्रमित माइटको टोकाइबाट सर्ने रोग हो । यसको जोखिम कम गर्न घाँसदाउरा गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउने, बुट तथा पञ्जा प्रयोग गर्ने र घरवरपरका झाडी सफा राख्ने सुझाव स्वास्थ्यकर्मीले दिएका छन् ।

ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने वा टोकेको ठाउँमा कालो दाग देखिनेजस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा जाँच गराउन पनि स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । समयमै उपचार नपाएमा स्क्रब टाइफसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। तस्बिर : एआई 

प्रतिकृया दिनुहोस

साल अड्किएर जटिल बनेकी गर्भवतीको उद्धार, उपचारका लागि सुर्खेत ल्याइयो

सुर्खेत, कार्तिक ३ । डोल्पाको विकट बस्तीमा जटिल अवस्थामा पुगेकी एक गर्भवती महिलालाई उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ । शे–फोक्सुण्डो

दशैंमा मासु खाँदा ध्यान दिनुपर्ने कुरा : स्वादसँगै स्वास्थ्यको पनि ख्याल गरौँ

दशैं सुरु भएसँगै नेपाली भान्सामा मासुका विभिन्न परिकार पाक्न थालेका छन्। परिवार र आफन्तसँग बसेर मीठा परिकार खाने, रमाइलो गर्ने र पर्व मनाउने चलनसँग

दशैं, खानपान, ग्यास्ट्रिक र समाधान

काठमाडौं कार्तिक २ । दशैंमा परिवार र आफन्तसँगको भेटघाट, मासुका विभिन्न परिकार र मिठामिठा खानेकुराको स्वादले चाडपर्वको रौनक बढाउँछ। तर लामो समय भोकै

↑