• बुधबार ७-१२-२०८३/Wednesday 10-28-2026

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौं कार्तिक ८ । इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारविरुद्ध हजारौँ मानिसले प्रदर्शन गरेका छन् ।


शनिबार राजधानी तेल अभिभमा भएको प्रदर्शनमा सहभागीहरूले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणअघि भएका सुरक्षा चूकको स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।


समाचार संस्था एएफपीका अनुसार प्रदर्शनमा इजरायलका प्रमुख चार विपक्षी दलका नेतासमेत सहभागी भएका थिए । नेतान्याहूका प्रमुख चुनावी प्रतिस्पर्धी तथा पूर्वसेना प्रमुख गादी आइजेनकोट पनि प्रदर्शनमा सहभागी थिए ।


‘अक्टोबर काउन्सिल’ नामक समूहले आयोजना गरेको प्रदर्शनमा सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणमा मारिएका तथा बन्धक बनाइएका व्यक्तिका परिवारका सदस्य सहभागी थिए । उनीहरूले आक्रमण हुनुअघि भएका सुरक्षा कमजोरीको छानबिन गर्न स्वतन्त्र सरकारी आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।


प्रदर्शनकारीले सुरक्षा चूकका लागि जिम्मेवार अधिकारीको पहिचान गरी जवाफदेही बनाउनसमेत सरकारसँग माग गरेका छन् ।


तर, नेतान्याहू सरकारले स्वतन्त्र सरकारी आयोग गठन गर्ने मागलाई अस्वीकार गर्दै आएको छ । सरकारले प्रस्ताव गरेको वैकल्पिक व्यवस्थाअनुसार आयोगका आधा सदस्य सत्तारूढ गठबन्धनले र बाँकी आधा विपक्षी प्रतिनिधिले नियुक्त गर्नेछन् ।


सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा ठूलो मानवीय क्षति भएको थियो । उक्त आक्रमण रोक्न नसकेको विषय नेतान्याहू सरकारमाथि उठ्दै आएको प्रमुख प्रश्नमध्ये एक हो ।


इजरायलमा अक्टोबर २७ मा संसदीय निर्वाचन हुँदैछ । निर्वाचनअघि सार्वजनिक भएका जनमत सर्वेक्षणले नेतान्याहू समर्थक समूह र विपक्षी दलबीच कडा प्रतिस्पर्धा हुने संकेत गरेका छन् । यस्तो अवस्थामा सुरक्षा चूकको छानबिनको मागले चुनावी बहसलाई थप प्रभाव पार्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस

पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरणमा पक्राउ परेका लुम्बिनी बचाउ अभियानका संयोजक रिहा

रुपन्देही । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई लिएर प्रहरीले लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खानलाई नियन्त्रणमा लिएर केही समयपछि रिहा

शिक्षाले व्यक्ति र समाज दुवैका लागि उपयोगी नागरिक बनाउनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षाले व्यक्तिको जीवन सहज बनाउनुका साथै समाजका लागि उपयोगी र असल नागरिक निर्माण गर्नुपर्ने

एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता

काठमाडौं कार्तिक ९ । पूर्वराष्ट्रपति तथा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छन् । उनी बिहीबार

↑