अधिकांश सरकारी वेबसाइट र अनलाइन प्रणाली पुनः सञ्चालनमा
काठमाडौं, कात्तिक ९ । गत बिहीबारदेखि बन्द रहेका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणाली पुनः सञ्चालनमा आएका छन् ।
दशैंको लामो बिदापछि सोमबारदेखि खुलेका सरकारी कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा आएसँगै सेवाग्राहीले नियमित सेवा लिन थालेका छन् । यद्यपि, काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरूमा भने अनलाइन सिफारिस प्रणालीको समस्या पूर्ण रूपमा समाधान भएको छैन ।
काठमाडौं महानगरपालिका–३१ का वडासचिव सुरेश साहु श्रेष्ठका अनुसार अनलाइन प्रणाली नचल्दा सिफारिससम्बन्धी काम गर्न कठिनाइ भइरहेको छ । सेवाग्राहीको काम नरोकियोस् भनेर कम्प्युटरमा विवरण टाइप गरी प्रिन्ट गरेर सिफारिस दिने व्यवस्था मिलाइएको उनले बताए ।
विश्वभर वेबसाइट निर्माणमा प्रयोग हुने प्रोग्रामिङ भाषा ‘पीएचपी’ मा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणाली गत बिहीबारदेखि अस्थायी रूपमा बन्द गरिएका थिए ।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र डेटा क्षति रोक्न सावधानीस्वरूप ती प्रणाली अफलाइन राखिएको जनाएको थियो । पीएचपीमा देखिएको प्राविधिक तथा सुरक्षा कमजोरीका कारण सयौँ सरकारी वेबसाइट अस्थायी रूपमा बन्द गरिएका थिए ।
सुरक्षा अपडेट र परीक्षणपछि अधिकांश सरकारी वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा आएको जनाइएको छ । तर, काठमाडौं महानगरपालिकाका वडा कार्यालयमा देखिएको समस्याले सबै सेवा पूर्ण रूपमा नियमित भइनसकेको देखाएको छ ।
स्वीकृत मापदण्डविपरीत इन्टरनेट बेचेका १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
काठमाडौं असोज २७ । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ
नेपालमै बसेर विश्व बजारमा सेवा बेच्न युवालाई मन्त्री तिमिल्सिनाको आग्रह
काठमाडौं असोज २३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न
सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट
काठमाडौं असोज २१ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (ओएफसीओएम) का वरिष्ठ नीति











प्रतिकृया दिनुहोस