• बुधबार ७-१२-२०८३/Wednesday 10-28-2026

एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता

काठमाडौं कार्तिक ९ । पूर्वराष्ट्रपति तथा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छन् । उनी बिहीबार सम्मेलनमा सहभागी हुन् चीन गएकी थिइन् ।


भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना गरिएको ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर सोमबार स्वदेश फर्किएकी हुन् ।


परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन अक्टोबर २३ देखि २५ सम्म आयोजना भएको थियो ।


सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा शनिबार सम्बोधन गरेकी थिइन् । त्यसक्रममा उनले जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्वन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा आफ्नो धारणा राखेकी थिइन् ।


उनले नेपालमा हालै भएको अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीररूपमा लिन विश्व समुदायसमक्ष आग्रह गरेकी थिइन्।

प्रतिकृया दिनुहोस

अर्णब चक्रवातको असर नेपालमा पनि पर्न सक्ने, सतर्क रहन आग्रह

काठमाडौं । वरिष्ठ मौसमविद् विभूति पोखरेलले आज र भोलि नेपालको मौसम सामान्यतया सफा रहने बताएकी छन् । उनले बंगालको खाडीमा विकसित ‘अर्णब’ चक्रवातका

एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा

↑