• शुक्रबार ७-१४-२०८३/Friday 10-30-2026

भारतसँगको सम्बन्ध र आर्थिक कूटनीतिलाई प्राथमिकता दिन धमलाको सुझाव

काठमाडौं कात्तिक १२ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले भारतविरोधी उग्र राष्ट्रवादले नेपालको विकास सम्भव नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले छिमेकी राष्ट्र भारतसँगको सम्बन्ध र आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।


अर्थमन्त्री स्वर्णिम वाग्लेले केही दिनअघि भारत पुगेर ‘भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग सकियो’ भनी दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै धमलाले उक्त भनाइ बेठीक नभएको तर्क गरे ।


‘अर्थमन्त्रीको भनाइ बेठीक थिएन, भारतको विरोध गरेर नेपालको विकास हुँदैन,’ धमलाले भने, ‘उग्र राष्ट्रवाद र भारत वा चीनविरोधी भावनाले मुलुकलाई समृद्ध बनाउन सक्दैन । आजको आवश्यकता आर्थिक कूटनीति हो ।’ उनले भारतबाट ठूलो सङ्ख्यामा धार्मिक पर्यटकहरू भित्र्याएर देशले आर्थिक लाभ लिनुपर्ने धारणा व्यक्त गरे ।


आगामी भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै उनले भ्रमणअघि आन्तरिक गृहकार्य आवश्यक रहेको बताए । 


‘प्रधानमन्त्री बालेन छिट्टै भारत भ्रमणमा जाँदै हुनुहुन्छ, तर भारत जानुअघि उहाँले सबै दलका प्रमुखहरूलाई बोलाएर गहन छलफल गर्नुपर्छ,’ धमलाले भने, ‘विशेष गरी अर्थ र कूटनीतिका विषयमा स्पष्ट राष्ट्रिय सहमति बनाएर मात्र भ्रमणमा जानु उपयुक्त हुन्छ ।’


व्.िसं. २००७ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षको पूरा कार्यकाल काम गर्न नपाएको उल्लेख गर्दै धमलाले वर्तमान प्रधानमन्त्री बालेन शाहलाई भने पाँच वर्ष पूरा काम गर्न दिनुपर्नेमा जोड दिए । छिमेकी देशहरूसँग सुमधुर सम्बन्ध कायम गर्दै अब देश विकासको दिशामा अघि बढ्नुपर्ने धमलाको भनाइ थियो ।


यसैगरी, धमलाले आगामी स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई अघि सार्नुपर्ने प्रस्ताव गरे । देश विकासका लागि साझा, सक्षम र गैरदलीय उम्मेदवार चयन गरी तिनलाई जिताउन आम नागरिकसमक्ष उनले आह्वान गरे ।

प्रतिकृया दिनुहोस

मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

काठमाडौं कात्तिक १३ । मुलुकले तिर्नुपर्ने सार्वजनिक ऋणको दायित्व ३० खर्ब नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापनले सार्वजनिक गरेको चालु आर्थिक वर्ष

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

 काठमाडौं कात्तिक १३ । संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि

कर्णालीका १९ अलपत्र आयोजना टुंग्याउन मुख्यमन्त्रीको अग्रसरता

काठमाडौं  कात्तिक १३ । वर्षौंदेखि ठेक्का सम्झौता भएर पनि निर्माण अघि बढ्न नसकेका कर्णाली प्रदेशका १९ वटा सडक तथा पुल आयोजनाको भविष्य टुंगो लगाउन

↑