इजरायलबाट उद्धारका लागि ४८५ नेपालीको निवेदन
इजरायलमा रहेका करिब पाँच सय नेपालीले उद्धारको सहयोग माग्दै सरकारसमक्ष निवेदन दिएका छन् । इजरायल–इरान युद्ध चर्किएपछि त्यहाँबाट उद्धार चाहने नेपालीका लागि परराष्ट्र मन्त्रालयले वेबसाइटमा मंगलबार राखेको फाराम उनीहरूले भरेका छन् ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार बिहीबार साँझसम्म ४ सय ८५ जनाले व्यक्तिगत विवरणसहित फाराम भरेका छन् । उनीहरू सबै इजरायलमा रहेका नेपाली हुन् । इजरायलमा करिब ७ हजार नेपाली छन् ।
इरानमा भने १७ जना नेपाली रहेको तथ्यांक छ । जोखिममा रहेका नेपालीको उद्धार प्रयोजनका लागि तथ्यांक संकलन भइरहेको प्रवक्ता क्षेत्रीले बताए । ‘त्यहाँ रहेका नेपालीको चाहना बुझ्दै छौं । उद्धार चाहनेलाई कसरी सुरक्षित तरिकाले ल्याउनेबारे पनि छलफल भइरहेको छ,’ उनले भने, ‘आफ्ना नागरिकको सुरक्षाका लागि नेपाल सरकराले सम्भव भएसम्म प्रयास गर्नेछ ।’
युद्धग्रस्त इजरायल र इरानमा हवाई सेवा बन्द छ । स्थलमार्गबाट बाहिर निस्किन पनि कठिन छ । कतिपय मुलुकले भने आफ्ना नागरिकको उद्धार थालिसकेका छन् । परराष्ट्रका प्रवक्ता क्षेत्रीले नेपाली नागरिकको उद्धारका लागि विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय भइरहेको जानकारी दिए ।
इरानको कारागारमा ५ नेपाली रहेका छन् । अन्य १२ नेपाली भने विभिन्न दूतावास र अन्यत्र कार्यरत रहेको तथ्यांक छ । इरानसमेत हेर्दै आएका कतारस्थित नेपाली राजदूत रमेशचन्द्र पौडेलले उद्धारको माग गर्दै कसैले पनि सम्पर्क नगरेको बताए ।
उनका अनुसार अहिलेसम्म नेपाली सबै सुरक्षित रहेको सूचना छ । ‘भोलि–पर्सि इरानबाट निकाल्नुपर्ने स्थितिमा के गर्ने भनेर हामी छलफल गरिरहेका छौं,’ उनले भने, ‘हवाई सेवा बन्द छ । अजरबैजान र पाकिस्तानले आफ्नो सीमा बन्द गरेका छन् ।’
इरानबाट नेपालीको उद्धार गर्ने विषयमा कतारस्थित इरानी दूतावाससँग छलफल गरेको राजदूत पौडेलले जानकारी दिए । ‘इरानबाट यूएईसम्म फेरी चल्छ । तर फेरी चल्ने स्थानमै पुग्न १५ घण्टा लाग्ने रहेछ । त्यहाँबाट निकाल्न सकिन्छ कि भन्नेबारेमा कुराकानी भएको छ,’ उनले भने, ‘यूएईसँग पनि छलफल गर्छौं । सुरक्षित बाटो पहिचान भएपछि इरानमा रहेका नेपालीलाई खबर गर्छौं ।’
बाढी पीडितसँगै दशैं मनाउन एनआरएनए अध्यक्षको अपील
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा हेमराज शर्माले हालै नेपालमा गएको भीषण बाढीबाट पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अपिल गरेका
पोर्चुगलमा युरोपस्तरीय नेपाली क्रिकेट हुँदै
भरत प्रधान लिस्बन, साउन २० । युरोपेली मुलुक पोर्चुगलमा युरोप स्तरीय 'एनआरएनए टि-१०' क्रिकेट प्रतियोगिता-२०२६ हुने भएको छ । गैरआवासीय नेपाली संघ
पूर्वका चार जिल्लामा रबर नर्सरी, १० वर्षमा २० हजार हेक्टरमा व्यावसायिक खेती विस्तारको लक्ष्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले झापा, मोरङ, सुनसरी र इलामका दक्षिणी क्षेत्रमा रबरमा आधारित बहुविविध कृषि–वन प्रणाली विकासका लागि समुदायमा आधारित










प्रतिकृया दिनुहोस