इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन
काठमाडौं कार्तिक ८ । इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारविरुद्ध हजारौँ मानिसले प्रदर्शन गरेका छन् ।
शनिबार राजधानी तेल अभिभमा भएको प्रदर्शनमा सहभागीहरूले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणअघि भएका सुरक्षा चूकको स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
समाचार संस्था एएफपीका अनुसार प्रदर्शनमा इजरायलका प्रमुख चार विपक्षी दलका नेतासमेत सहभागी भएका थिए । नेतान्याहूका प्रमुख चुनावी प्रतिस्पर्धी तथा पूर्वसेना प्रमुख गादी आइजेनकोट पनि प्रदर्शनमा सहभागी थिए ।
‘अक्टोबर काउन्सिल’ नामक समूहले आयोजना गरेको प्रदर्शनमा सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणमा मारिएका तथा बन्धक बनाइएका व्यक्तिका परिवारका सदस्य सहभागी थिए । उनीहरूले आक्रमण हुनुअघि भएका सुरक्षा कमजोरीको छानबिन गर्न स्वतन्त्र सरकारी आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनकारीले सुरक्षा चूकका लागि जिम्मेवार अधिकारीको पहिचान गरी जवाफदेही बनाउनसमेत सरकारसँग माग गरेका छन् ।
तर, नेतान्याहू सरकारले स्वतन्त्र सरकारी आयोग गठन गर्ने मागलाई अस्वीकार गर्दै आएको छ । सरकारले प्रस्ताव गरेको वैकल्पिक व्यवस्थाअनुसार आयोगका आधा सदस्य सत्तारूढ गठबन्धनले र बाँकी आधा विपक्षी प्रतिनिधिले नियुक्त गर्नेछन् ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा ठूलो मानवीय क्षति भएको थियो । उक्त आक्रमण रोक्न नसकेको विषय नेतान्याहू सरकारमाथि उठ्दै आएको प्रमुख प्रश्नमध्ये एक हो ।
इजरायलमा अक्टोबर २७ मा संसदीय निर्वाचन हुँदैछ । निर्वाचनअघि सार्वजनिक भएका जनमत सर्वेक्षणले नेतान्याहू समर्थक समूह र विपक्षी दलबीच कडा प्रतिस्पर्धा हुने संकेत गरेका छन् । यस्तो अवस्थामा सुरक्षा चूकको छानबिनको मागले चुनावी बहसलाई थप प्रभाव पार्ने देखिएको छ ।
चक्रवात ‘अर्नब’ आन्ध्र प्रदेशको तटतर्फ बढ्दै
काठमाडौं कात्तिक ९ । चक्रवात अर्नब बङ्गालको खाडीबाट भारतको आन्ध्र प्रदेशको तटतर्फ बढिरहेको छ। मौसम विभागका अनुसार यो अक्टोबर २७ सम्ममा भीषण आँधीको
इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति
काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव
इरानबाट अमेरिकी नागरिकमाथि खतरा बढेको अमेरिकी गुप्तचर प्रमुखको चेतावनी
वासिङ्टन, कात्तिक ८ । इरानले मध्यपूर्वसहित अन्य देशमा रहेका अमेरिकी नागरिक र अधिकारीलाई निसाना बनाउने प्रयास तीव्र पारेको अमेरिकी राष्ट्रिय गुप्तचर






..jpeg)


प्रतिकृया दिनुहोस