• शनिबार ७-१५-२०८३/Saturday 10-31-2026

सेयर बजारमा कारोबार ७ महिनाकै उच्च, ३१ अंक बढ्यो नेप्से

काठमाडौं  कात्तिक १२ । बिहीबार सेयर बजार परिसूचक नेप्से ३१.५४ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६९५ अंकमा कायम भएको छ । नेप्सेको यो अंक ३ महिना अर्थात् साउन १२ गतेयताकै उच्च हो ।


कारोबार रकम बढेको छ । हिजो ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५५ करोडको भयो । यो कारोबार रकम वैशाख ३ यताकै उच्च हो । सो दिन ९ अर्ब ३१ करोडको कारोबार भएको थियो । आज १८१ कम्पनीको मूल्य बढ्यो भने ९१ को घट्यो । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो ।


आज सबै समूहगत सूचक बढेका छन् । बैंकिङ २.२८, विकास बैंक १५५, फाइनान्स १.६९, होटल तथा पर्यटन २.०५, जलविद्युत् ०.३६, लगानी ०.२४, जीवन बीमा ०.६८, उत्पादन तथा प्रशोधन ०.५१, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.१३, अन्य २.४५ तथा व्यापार ०.०३ प्रतिशत बढे ।


हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै सोपान फर्मास्युटिकल्सको ८.७२, नेपाल पुनर्बीमाको ५.६१, नेपाल फाइनान्सको ५.४९, एनआई एसिया बैंकको ४.६९, कालिन्चोक हाइड्रोपावरको ४.४१ प्रतिशत मूल्य बढ्यो ।


एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ३.६५, चिरख्वा हाइड्रोपावरको ३.१४, राष्ट्रिय बीमा कम्पनीको २.७२ प्रतिशत मूल्य घट्यो ।


आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रिन भेन्चर्स, सोलु हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस

कच्चा तेल महँगिँदा नेपालमा इन्धन र उपभोग्य वस्तुको मूल्य बढ्ने जोखिम

काठमाडौं कात्तिक ९ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र

दिल्ली पुगेर अर्थमन्त्री वाग्लेले् भने: यो वर्षको अन्त्य सम्ममा प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्नुहुनेछ

काठमाडौं, कात्तिक ६ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सन् २०२६ को अन्त्यसम्म भारत भ्रमण गर्न सक्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका

धानखेतमा अलैंची

इलाम, कात्तिक ३ । जिल्लाका गाउँमा अलैंची टिप्ने, छोडाउने र सुकाउने सिजन चलिरहेको छ । अलैंची राम्रो फलेपछि किसान उत्साही देखिएका छन् । पछिल्लो वर्ष

↑