कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य
काठमाडौं, कात्तिक १६ । कर्णाली याक्सले नेपाल प्रिमियर लिगमा काठमाडौं गोर्खाजलाई १८१ रनको बलियो लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८० रनको योगफल तयार पारेको हो।
ओपनर अरिफुल इस्लामले २२ बलमा ५ चौका र ३ छक्का सहयोगमा सर्वाधिक ४४ रन बनाए । हुसैन तलालते ३० बलमा १ चौका २ छक्का सहयोगमा ४० रन बनाए । यस्तै पवन सर्राफ ३० रनमा नटआउट रहे । उनले २४ बलको सामना गर्दा २ छक्का हाने । गुल्सन झाले २ छक्काको मद्दतले १२ बलमा २० रन हाने ।
मार्क वाट १७, जिसन आलम ७ र दिपक डुम्रेले ८ रन बनाए ।
काठमाडौंका लागि करण केसीले २ विकेट लिए। शाहब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान एक विकेट आफ्नो नाममा गरे। काठमाडौंले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
काठमाडौंको सनसनीपूर्ण जित, नायक बने कप्तान करण
काठमाडौं कात्तिक १६ । रासिद खान र करण केसीले उत्कृष्ट ब्याटिङ गरेपछि काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै नेपाल प्रिमियर
वर्षाका कारण कीर्तिपुर मैदानमा खेल गराउन कठिन, टिकटको रकम फिर्ताबारे छलफल हुने
काठमाडौं कात्तिक १४ । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल सञ्चालन
एनपीएल : दुई खेल हुने तालिका,वर्षाका कारण अवरुद्ध हुने सम्भावना
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुने तालिका छ । तर लगातारको वर्षाका कारण आज खेल हुने सम्भावना कम










प्रतिकृया दिनुहोस