भीम रावल देशभक्तिलाई पद प्राप्तिको लिस्नु बनाउँदैछन्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार हुन् सूर्य थापा। नेकपाभित्र नेताहरूका खरो आलोचकका रूपमा परिचित थापा र नेकपा स्थायी कमिटी सदस्य भीम रावलबीच चलेको जुहारीले केही दिनयता राजनीति तातेको छ। रावलले आफूमाथि बालुवाटारबाट मार्ने धम्की आएको भन्दै केही दिनअघि सार्वजनिक अभिव्यक्ति नै दिए। बालुवाटारबाट आएको भनिएको धम्की दिने व्यक्ति थापा नै भएको रावलले इंगित गरिसकेका छन्। अर्कातिर नेकपा अहिले प्रतिनिधि सभाको सभामुखलाई लिएर आन्तरिक किचलोमा फसेको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरा जेल गएपछि खाली भएको ठाउँमा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे सहितले दाबी गरिरहेका छन्। सभामुखलाई लिएर तत्कालीन एमाले र माओवादीबीचको तानातान गुटगतरूपमै छरपष्ट भएको छ। यी दुवै सन्दर्भमा प्रेस सल्लाहकार सूर्य थापासँग थाहाखबरले गरेको कुराकानीको सम्पादित अंश :
सभामुख चयनमा नेकपाभित्र यत्रो रस्साकस्सी किन?
यसलाई नेकपाभित्रको रस्साकस्सीको रूपमा व्याख्या गर्ने, त्यस ढंगले चित्रण गर्ने र प्रस्तुत गर्ने काम ठीक होइन। नेकपाभित्रको रस्साकस्सीकै कारण यो सबै भएको हो भनेर बुझ्नु त्यति उपयुक्त हुँदैन। यसमा केही ढिलो भएको हो। कहिलेकाहीँ ढिलो हुन्छ। माघ ६ गते प्रतिनिधिसभाको बैठक बस्ने गरी सूचना टाँस भएको छ। सूचना टाँस्ने र स्थगन गर्नुभन्दा पनि पूर्वतयारी, गृहकार्य कार्यसम्पादन गरेर सभामुख चयनजतिको विषयलाई समयमै सम्पन्न गर्नु नेतृत्वको जिम्मेवारी थियो छ र हो। तर, यसलाई रस्साकस्सीका रूपमा मात्रै चित्रण गरिनु हुँदैन।
तर, सभामुख चयन गर्न यति धेरै लामो समय लगाउनुको पछाडि कसलाई बनाउने विषय नै होइन र?
अहिलेसम्म नेकपाले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ। सभामुख पदमा नेकपाले उम्मेदवारी दिनका लागि पूर्वाधार बनिसकेको छैन। कानुनबमोजिम नेकपाले सभामुखमा उम्मेदवारी दिने स्थिति हुनुपर्यो नि।
यसको मतलब उपसभामुखले राजीनामा दिनु पर्ने हो?
नेकपाको सचिवालयको बैठकले त्यही कुरा भनेको छ। म चाहिँ उपसभामुखले राजीनामा नदिएकै कारणले यो स्थिति भएको हो भन्दिनँ। राजीनामा दिने, को उम्मेदवार हुने, सभामुख हुने को? आदि कुरा पार्टी नेतृत्वले, सचिवालयले क्षमता र कौशलताका साथ व्यवस्थापन गर्नुपर्ने हुन्छ।
अहिले उपसभामुखको कारणले रोकिएको होइन भन्नुभयो, त्यसो भए कुरा कहाँ अड्किएको छ?
उपसभामुखले पनि म हट्ने हो भने तत्कालीन सभामुखले गरेको गल्तीको भारी मैले किन बोक्ने, गल्तीको दोष मैले किन थेग्ने, सजाय मैले किन भोग्ने भन्नु भएको छ। मलाई दुईजना अध्यक्षहरूले हस्ताक्षर गरेर मैले हटिदिनुपर्ने सबै कारण लिखित रूपमा दिनुपर्छ भन्नु भएको छ। यो उहाँले पाउनु भएको छैन।
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ८२ पैसा र
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (सूचीसहित)
काठमाडाैं : पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएकाे छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटिर ३
भारतमा पाँच तले भवन ढल्दा ९० जनासम्म पुरिएको आशंका थप सामग्री
भारतको महाराष्ट्रमा पर्ने रायगढ जिल्लाको महाडमा सोमबार साँझ एउटा पाँच तले भवन ढल्दा ८० देखि ९० जनासम्म पुरिएको अनुमान छ। त्यहाँबाट अहिलेसम्म आठ











प्रतिकृया दिनुहोस