भारतमा पाँच तले भवन ढल्दा ९० जनासम्म पुरिएको आशंका थप सामग्री
भारतको महाराष्ट्रमा पर्ने रायगढ जिल्लाको महाडमा सोमबार साँझ एउटा पाँच तले भवन ढल्दा ८० देखि ९० जनासम्म पुरिएको अनुमान छ।
त्यहाँबाट अहिलेसम्म आठ जनालाई निकालिएको छ। जसमध्ये एक जनाको मृत्यु भएको छ भने अरु सात जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। सो स्थान मुम्बईबाट १८० किलोमिटर टाढा पर्छ।
उक्त भवन हिजो साँझ ७ बजे ढलेको प्रहरीलाई उधृत गर्दै बीबीसी हिन्दीले जनाएको छ। भवन हापुस नामक तालको नजिक बनेको थियो। भवन एक दशक पुरानो थियो।
भवनमा ४५ देखि ४७ वटा फ्ल्याट थिए। भवन हल्लिन थालेपछि त्यहाँ बस्नेहरु भागेर बाहिर आएका थिए। स्थानीयका अनुसार भवन ढल्दा ठूलो आवाज आएको थियो, जसकारण उनीहरु डराएका थिए। त्यसपछि धूलोले आकाश ढाकेको थियो। त्यसको केहीबेरपछि उद्दारका लागि स्थानीय जुटेका थिए।
रायगढ जिल्ला प्रशासनले चार टीमलाई उद्दारमा खटाएको जनाएको छ। समाचार एजेन्सी एएनआईलाई उधृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार राष्ट्रिय आपत् प्रतिक्रिया बल (एनडीआरएफ) ले पनि आफ्नो छुट्टै समूह उद्दारका लागि खटाएको छ।
महाड औद्योगिक इलाका हो। यहाँ हरेक वर्ष भारी वर्षा हुन्छ। सन् २०१६ मा मुम्बई गोवा राजमार्गमा एउटा बेलायती शासनको बेलाको भवन ढल्दा पनि ठूलो क्षति भएको थियो।
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ८२ पैसा र
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (सूचीसहित)
काठमाडाैं : पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएकाे छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटिर ३
भीम रावल देशभक्तिलाई पद प्राप्तिको लिस्नु बनाउँदैछन्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार हुन् सूर्य थापा। नेकपाभित्र








..jpeg)

प्रतिकृया दिनुहोस