• बिहीबार ७-१३-२०८३/Thursday 10-29-2026

भाकल पूरा गर्न भारत गएको हुँ, राजनीतिक विषय नबनाउनुस् : रवि लामिछाने

काठमाडौं कात्तिक ६ । तीन दिने भारत भ्रमणमा निस्किएका रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् ।


पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका थिए । धनगढी विमानस्थलबाट उनी कञ्चनपुर हुँदै सडकमार्गबाट गड्डाचौकी नाका पुगेका थिए । त्यहाँबाट उनी भारततर्फ लागेका छन् ।


सो क्रममा उनले भ्रमणलाई राजनीतिक विषयसँग जोडेर व्याख्या नगर्न आग्रह गरे । यसलाई अनावश्यक राजनीतिक बहसको विषय नबनाउनसमेत उनले आग्रह गरे ।


‘कुनै राजनीतिक भेटघाट छैन । कसैलाई खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु । यो मेरो असाध्यै व्यक्तिगत भ्रमण भएको हुनाले कहिले काहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ । त्यसलाई अलग्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु,’ सभापति लामिछानेले भने ।


आफू कारागारमा रहँदा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम जाने भाकल गरेको उल्लेख गर्दै उनले सोही भाकल पूरा गर्न भारत जान लागेको पनि बताए ।


भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुगेर पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।


‘पहिलादेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले गर्दा पहिलादेखि नै जाऔंला भन्ने नै थियो । म कारागारमा हुँदा नै एउटा हुन्छ नि परम्परा, भाकल गरिन्छ भनौं न । त्यसलाई पूरा गरौं भनेर जान लागेको हुँ,’ उनले भनेका छन् ।

प्रतिकृया दिनुहोस

ग्यास व्यवसायीलाई भ्याट बिल जारी गर्न र उपभोक्तालाई बिल माग्न महासंघको आग्रह

काठमाडौं  कात्तिक ११ । ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यासको बिक्री वितरणमा अनिवार्य रूपमा भ्याट बिल जारी गर्नुपर्ने नेपाल आयल निगमको

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न एमाले नेता बाँस्कोटाको माग

काठमाडौं कात्तिक ११ । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेका छन्। राष्ट्रिय

४३ महिनामा १ लाखभन्दा बढी महानगरवासीले पाए निःशुल्क कानुनी सेवा

काठमाडौं कात्तिक ११ । काठमाडौं महानगरपालिकाले ४३ महिनाको अवधिमा १ लाख ६०६ जना महानगरवासीलाई निःशुल्क कानुनी सेवा प्रदान गरेको छ । महानगरले

↑