भोलिदेखि नेपालमा ‘अर्णव’ चक्रवातको प्रभाव सुरु हुने
काठमाडौं, कात्तिक ११ । मौसम पूर्वानुमान महाशाखाले भोलि बिहीबारदेखि नेपालमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’कोसमेत प्रभाव सुरु हुने जानकारी दिएको छ ।
महाशाखाले आज बिहान मौसम बुलेटिन जारी गर्दै यो जानकारी दिएको हो । आज देशभर आंशिकदेखि साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायूको प्रभाव छ।
महाशाखाका अनुसार आज कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने छ। देशको हिमाली भूभागको एकदुई स्थानमा आज हल्कासम्म वर्षा र हिमपातको सम्भावना छ।
भोलिभने कोसी, मधेस, बागमती प्रदेशका थोरै स्थान, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
काठमाडौं कात्तिक ९ । प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री शाहकी
दशैंको टीका : कतै रौनक, कतै सुनसान
काठमाडौं, कात्तिक ४ । आज विजयादशमी। निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तबाट आशीर्वाद थाप्ने दिन। घरआँगन आफन्तले भरिएका छन्। कोही
दशैंको शक्ति धार्मिक अनुष्ठान मात्र नभइ सामाजिक एकतामा पनि छ: डा. गोविन्द टण्डन
नेपालको सांस्कृतिक क्षेत्रमा डा. गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गर्नुभएका टण्डनले पशुपति











प्रतिकृया दिनुहोस