• मंगलबार ७-११-२०८३/Tuesday 10-27-2026

पार्टीमा खगेन्द्र सुनारको इन्कारी पत्र, स्वीकारेनन् महिलासँगको विवादित संवाद

काठमाडौं कात्तिक ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादका विषयमा पार्टीमा लिखित इन्कारी पत्र पेश गरेका छन् ।


सुनार र एक महिलाबीचमा भएको भनिएको संवादबारे पार्टीको अनुशासन आयोगलाई उनले लिखित इन्कारी पत्र पेश गरेका हुन् ।


अनुशासन आयोगले गठन गरेको छानबिन समितिलाई सुनारले संवादको बोली आफ्नो नभएको दाबी गरेका छन् ।


अनुशासन आयोगका उपप्रमुख एवं छानबिन समिति संयोजक समेत रहेका अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारले इन्कारी लिखित पत्र आएको जानकारी दिए ।


भट्टराईले भने, ‘उहाँले इन्कारी गर्नुभएको छ । त्यो बोली मेरो होइन भन्ने कुराहरू गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा राखेका विषयहरू नै लिखित पत्रमा मोटामोटी आएको छ ।’


विवादित अडियो सार्वजनिक भएसँगै सुनारले उक्त अडियो एआई निर्मित भएको दाबी सहितको प्रतिवाद गरेका थिए । प्रहरीमा भएको भ्रष्टाचारको मुद्दा  उठाएपछि आफूमाथि निरन्तर प्रहार भइरहेको सुनारको जिकिर छ ।


काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको दाबी गर्दै सामाजिक सञ्जालमा सुनारले लेखेका थिए, ‘सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् ।’


पार्टीबाट गठित छानबिन समितिले अडियो प्रसारण गर्ने जनआस्था पत्रिकासँग सम्पादन हुनु अघिको अडियो लिएको छ । साथै, पीडित भनिएकी महिलाको भनि प्रसारित अन्तर्वार्ताको अडियो प्राप्त गर्न समितिले न्युज २४ लाई पत्राचार गरेको छ । आरोपित सुनारको इन्कारी पत्र र महिलाको अन्तर्वार्तामा राखेका विचारले छानबिनको कार्यलाई जटिलता थपेको समितिले जानकारी गराएको छ ।


‘जनआस्थाको अडियोलाई आन्तरिक रुपमा भेरिफाई गर्ने कार्य गर्छौं । त्यसमा केही जटिलता आयो भने प्राविधिक जाँचका लागि सम्बन्धित निकार्यमा पत्राचार गर्छौं,’ छानबिन समितिका संयोजक भट्टराईले भने, ‘हाम्रो तर्फबाट प्राविधिक जाँच गरिसकेपछि उहाँ (सुनार) लाई सोधपुछ गर्छौं । प्राविधिक जाँचमा समय कति लाग्छ । त्यसमा निर्भर हुन्छ । अन्य हिसाबमा हामी धेरै पर पुगेका छौं । प्राविधिक जाँचलाई हामीले छोट्याउन सक्ने कुरा भएन । अन्यथा, छिट्टै काम सक्छौं ।’


अडियो सार्वजनिक भए लगत्तै रास्वपाले चासो देखाउँदै सांसद सुनारमाथि आन्तरिक छानबिन गर्न पार्टीको अनुशासन आयोगलाई निर्देशन दिएको थियो ।


उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको थियो ।

प्रतिकृया दिनुहोस

एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता

काठमाडौं कार्तिक ९ । पूर्वराष्ट्रपति तथा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छन् । उनी बिहीबार

नेपाली क्रिकेटले आगामी दिनमा अझ उचाइ हासिल गरोस् : गगन थापा

काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका अवसरमा नेपाली क्रिकेटको सफलताको कामना गर्दै

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना 

काठमाडौं कार्तिक ८। राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको

↑