• बिहीबार ७-१३-२०८३/Thursday 10-29-2026

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति प्रदर्शन गरेका छन्।

स्थानीय देवीदेवताको पूजाआजा तथा परम्परागत नाचका क्रममा धामीले आफ्नै कम्मरमा फलामको डण्डा भाँचेर प्रदर्शन गरेको दृश्यले उपस्थित दर्शकको ध्यान आकर्षित गरेको थियो।

कर्णालीका हिमाली जिल्लामा धामी नाच स्थानीय धार्मिक आस्था, विश्वास र मौलिक संस्कृतिसँग जोडिएको परम्परा हो।

विभिन्न पर्व तथा धार्मिक अवसरमा आयोजना गरिने यस्ता गतिविधिले स्थानीय सांस्कृतिक परम्परालाई जीवन्त राख्न मद्दत गर्दै आएका छन् ।

पूर्णिमाका अवसरमा माझ्खाडामा आयोजित कार्यक्रममा देखाइएको धामी नाचले स्थानीय धार्मिक विश्वास र परम्पराको झल्को दिएको स्थानीय काली थापाले बताए ।

प्रतिकृया दिनुहोस

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको जित, पोखरा ६ विकेटले पराजित

कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्समाथि ६ विकेटको

एआई च्याटबोट बजारमा च्याटजीपीटीको प्रयोग सबैभन्दा धेरै

विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोटको प्रयोग बढ्दै जाँदा यस क्षेत्रको बजार प्रतिस्पर्धा पनि तीव्र बनेको छ। ओपनएआईको च्याटजीपीटी अझै

भोलिदेखि नेपालमा ‘अर्णव’ चक्रवातको प्रभाव सुरु हुने

काठमाडौं, कात्तिक ११ । मौसम पूर्वानुमान महाशाखाले भोलि बिहीबारदेखि नेपालमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’कोसमेत प्रभाव सुरु हुने जानकारी

↑