• शुक्रबार ७-१४-२०८३/Friday 10-30-2026

भोलिदेखि नेपालमा ‘अर्णव’ चक्रवातको प्रभाव सुरु हुने

काठमाडौं, कात्तिक ११ । मौसम पूर्वानुमान महाशाखाले भोलि बिहीबारदेखि नेपालमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’कोसमेत प्रभाव सुरु हुने जानकारी दिएको छ ।

 

महाशाखाले आज बिहान  मौसम बुलेटिन जारी गर्दै यो जानकारी दिएको हो । आज देशभर आंशिकदेखि साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायूको प्रभाव छ। 

 

महाशाखाका अनुसार आज कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने छ। देशको हिमाली भूभागको एकदुई स्थानमा आज हल्कासम्म वर्षा र हिमपातको सम्भावना छ। 

 


भोलिभने कोसी, मधेस, बागमती प्रदेशका थोरै स्थान, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रतिकृया दिनुहोस

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं कात्तिक १२ । चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल

एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं कात्तिक ९ । प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री शाहकी

दशैंको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं, कात्तिक ४ । आज विजयादशमी। निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तबाट आशीर्वाद थाप्ने दिन। घरआँगन आफन्तले भरिएका छन्। कोही

↑