• मंगलबार ७-११-२०८३/Tuesday 10-27-2026

भोटेकोशी बाढी : चार जिल्लालाई ३ करोड, शव घर पुर्‍याउने खर्च पनि प्रदेशले बेहोर्ने

काठमाडौं भदौ १३ । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव सम्बन्धित ठेगानासम्म पुर्‍याउन लाग्ने सम्पूर्ण खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ।


प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलका अनुसार प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद् व्यवस्थापन कोषमा आवश्यक रकम उपलब्ध गराइनेछ। उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव घरसम्म लैजान सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग सम्पर्क गर्न उनले आग्रह गरेका छन्।


बाढी प्रभावित क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीले हवाई उद्धारलाई निरन्तरता दिएका छन्। उद्धारका क्रममा घाइते तथा जोखिमपूर्ण स्थानमा फसेका व्यक्तिलाई प्राथमिकता दिइएको मन्त्री पौडेलले बताए। उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई स्थानीय तहको समन्वयमा खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराइने उनको भनाइ छ।


मुख्यमन्त्री किरण थापामगरले गोसाइँकुण्ड क्षेत्रमा रहेका एक हजार पाँच सयभन्दा बढी तीर्थयात्रीलाई सुरक्षित फर्काउन सवारीसाधनको व्यवस्था गरी सम्बन्धित निकाय परिचालन गरिएको जानकारी दिएका छन्।


चार जिल्लालाई तीन करोड रुपैयाँ


बागमती प्रदेश सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनमा तत्काल उद्धार तथा राहतका लागि तीन करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।


प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार रसुवा र नुवाकोटका विपद् व्यवस्थापन कोषमा एक/एक करोड तथा धादिङ र चितवनलाई ५०/५० लाख रुपैयाँ उपलब्ध गराइनेछ। जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए।


बाढी प्रभावितको उद्धार, राहत वितरण, शव व्यवस्थापन तथा अवरुद्ध सडक सञ्चालनलाई तत्काल प्राथमिकतामा राखिएको मन्त्री केसीले जानकारी दिए।


प्रदेश सरकारले बाढीमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई अन्त्येष्‍टि खर्चबापत प्रतिमृतक २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ। घरबारविहीन नागरिकका लागि अस्थायी बसोबास तथा भोजनको व्यवस्था मिलाइएको प्रदेश सरकारले जनाएको छ।


यसैगरी, अलपत्र यात्रुको उद्धारका लागि निःशुल्क बस सञ्चालन गरिएको छ। अवरुद्ध वैकल्पिक मार्ग सफा गरी यातायात सञ्चालनमा ल्याउने तथा आवश्यक स्थानमा बेलिब्रिज र झोलुङ्गे पुल निर्माणको प्रक्रिया अघि बढाइएको मन्त्री केसीले बताए।

प्रतिकृया दिनुहोस

चोरी–तस्करीदेखि दुर्घटनासम्म, चाडपर्वमा मधेशमा सुरक्षा कडा

काठमाडौं असोज २१ । चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि, चोरी–तस्करी, सडक दुर्घटना तथा भीड व्यवस्थापनलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले

भोलिको प्रदेश सभा बैठकमा बजेट पेश गर्ने सुदूरपश्चिम सरकारको तयारी

काठमाडौं असोज २० । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार बस्ने प्रदेश सभाको बैठकमा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउने भएको छ । मंगलबार बसेको

रसुवा बाढीपीडितको राहत कोषमा कर्णाली सरकारको २ करोड

काठमाडौं भदौ १६ । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको

↑