• बिहीबार ७-१३-२०८३/Thursday 10-29-2026

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना 

काठमाडौं कार्तिक ८। राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन् ।


भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा अपरान्ह पुग्दा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए । 


सो अवसरमा परम्परागत रुपमा पूजाका अवसरमा देखाइने नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुको साथै नवदुर्गाका पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरे । 


यहाँ ब्रहमायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली नवदेवीको पूजा गरिन्छ । सो अवसरमा राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइकेले प्रदान गरेका थिए । 


दशैंको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित् नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ ।

प्रतिकृया दिनुहोस

पार्टी पंक्तिलाई ओलीको निर्देशन: देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनू

काठमाडौं कात्तिक १२ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै देशको रक्षाका लागि नयाँ

भारतसँगको सम्बन्ध र आर्थिक कूटनीतिलाई प्राथमिकता दिन धमलाको सुझाव

काठमाडौं कात्तिक १२ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले भारतविरोधी उग्र राष्ट्रवादले नेपालको विकास सम्भव नरहेको बताएका छन् । रिपोर्टर्स

ग्यास व्यवसायीलाई भ्याट बिल जारी गर्न र उपभोक्तालाई बिल माग्न महासंघको आग्रह

काठमाडौं  कात्तिक ११ । ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यासको बिक्री वितरणमा अनिवार्य रूपमा भ्याट बिल जारी गर्नुपर्ने नेपाल आयल निगमको

↑