• बिहीबार ७-१३-२०८३/Thursday 10-29-2026

नेपालमा आजदेखि वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अपिल

काठमाडौं कात्तिक १२ । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ को असर नेपालमा आजदेखि पर्ने देखिएको छ । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अर्नव को असर क्रमशः कमजोर हुँदै गएपनि आंशिक असरले नेपालमा आज कात्तिक १२ गतेदेखि १४ गते शनिबारसम्म वर्षा र हिमपात गराउनेछ ।  यसको प्रभावका कारण केही स्थानमा भारी वर्षा तथा हिमपात हुने  महाशाखाले जनाएको छ ।


महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८:१५ बजे भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो । जमिनमा प्रवेश गरेपछि यो उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै क्रमशः कमजोर हुँदै गएको छ ।


सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’को श्रेणीबाट घटाएर ‘भीषण चक्रवाती आँधी’ श्रेणीमा झारिएको छ । आज यो थप कमजोर हुँदै गहिरो न्यूनचापीय प्रणाली (डीप डिप्रेसन) मा परिणत हुने सम्भावना छ ।


कहाँकहाँ होला असर ?


गहिरो न्यूनचापीय प्रणालीको प्रभावका कारण आजैदेखि नेपालको वायुमण्डलमा माथिल्लो तहका बादल देखिन थालेका छन् । भोलि यसको प्रभाव थप बढ्ने अनुमान छ ।


महाशाखाका अनुसार यसको प्रभावले कात्तिक १२ गते साँझदेखि १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।


यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा तथा हिमपातको सम्भावना छ ।


बरिष्ठ  मौसमविद विभूति पोखरेलका अनुसार चक्रवातको अवशेषले पर्याप्त जलवाष्पयुक्त हावा बोकेर ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले नेपालमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको हो । उनका अनुसार यसबाट उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहने सम्भावना छ ।


 सतर्कता अपनाउन आग्रह


सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै कात्तिक १४ गतेसम्म धानबाली सुरक्षित राख्न र पदयात्रा नगर्न महाशाखाले आग्रह गरेको छ ।


यस अवधिमा पर्यटकलाई उच्च हिमाली भूभागमा नजान र त्यस्ता क्षेत्रमा पुगिसकेको भए सुरक्षित स्थानमा रहन पनि उनले अनुरोध गरेकी छन् ।


महाशाखाकी मौसमविद बिनु महर्जनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले विशेष सतर्कता अपनाउनुपर्ने बताइन् ।


वर्षा र हिमपातका कारण चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडकछेउमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पनि महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।


महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप सूचना जारी गर्ने जनाएको छ । मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि महाशाखाबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न पनि अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस

१५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत शुल्क लाग्ने

काठमाडौं  कात्तिक १२ । नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी १५ कात्तिकदेखि सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङ

भोलिदेखि नेपालमा ‘अर्णव’ चक्रवातको प्रभाव सुरु हुने

काठमाडौं, कात्तिक ११ । मौसम पूर्वानुमान महाशाखाले भोलि बिहीबारदेखि नेपालमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’कोसमेत प्रभाव सुरु हुने जानकारी

ग्यास व्यवसायीलाई भ्याट बिल जारी गर्न र उपभोक्तालाई बिल माग्न महासंघको आग्रह

काठमाडौं  कात्तिक ११ । ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यासको बिक्री वितरणमा अनिवार्य रूपमा भ्याट बिल जारी गर्नुपर्ने नेपाल आयल निगमको

↑